चाडबाडको मौका छोपी रुटमा चलेनन् सार्वजनिक सवारी

 काठमाडौँ, १२ असोज – दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् ।चाडबाड वा अन्य अप्ठ्यारो समयको अवसर पारेर सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुँदा सडकमा सवारी नपाएर हिँड्नुपर्ने बाध्यता रहेको यात्रुको भनाइ छ । सार्वजनिक बिदा दिइएको फूलपातीका दिन बेलुकी पुरानो बसपार्क–सुन्दरीजल रुटमा चल्ने सिटी यातायात व्यवसायी सेवा समितिका बा२ख ६२६४ र बा२ख ६८०५ नंको बस खुलामञ्चस्थित बसपार्कमा नछिरी यात्रुको बिचल्ली बनाएको यात्रु रविना देउलाले दुखेसो गरिन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ मा सवारी नम्बरसहित गुनासो गर्दा पनि प्रहरीले कारबाही नगरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?