अभिनेत्री पूनम पाण्डेमाथि अश्लील भिडियो शूट गराएको आरोपमा मुद्धा दर्ता

काठमाडौं । केहि समय अगाडि विवाह लगत्तै श्रीमानले पिटेको भनेर चर्चामा आएकी बलिउड अभिनेत्री पूनम पाण्डेमाथि केस दर्ता भएको छ ।

उनीमाथि गोवामा अश्लील भिडियोमा शूट गराएको आरोप लागेको छ ।

उनीविरुद्ध गोवा फरवाड पार्टीकी महिला विंगले केस दर्ता गराएकी हुन् । उनी बाहेक उनको भिडियो शूट गराएका व्यक्तिमाथि पनि केस दर्ता भएको छ ।

पाण्डेमाथि गोवाको चापोली ड्याममा एक अश्लील भिडियो शूट गरिरहेको अरोप लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?