मुसलमान अझै जिउँदै छ : ईरान

काठमाडौं । ईरानको सर्वोच्च लीडर अली हुस्यान खामनेईले फ्रान्समा प्यागम्बर मोहम्मदको कार्टुनमाथि समर्थन गर्ने विषयलाई लिएर कडा निन्दा गरेको छ ।

साथै ईरानले फ्रान्सको अभिव्यक्तीको स्वतन्त्रताको विषयलाई पनि खारेज गरेको छ ।

मंगलवार टेलीभिजनमा दिएको अन्तर्वार्तामा ईरानका सर्वोच्च नेताले फ्रान्समा प्यागम्बर मोहम्मदको कार्टून छाप्ने म्यागेजिनलाई समर्थन गर्नेविरुद्ध आलोचना गरेका हुन् ।

उनले भने, ‘यो केवल फ्रान्सेली कलाको मात्रै पतन होइन, अहिले फ्रान्स सरकार पनि गलतको समर्थन गरिरहेको छ, फ्रान्सका प्रमुख राजनेता (राष्ट्रपति इम्यानुएल म्याक्रो) नै प्यागम्बरको गलत कार्टून छाप्नेको समर्थन गरिरहेका छन्, म यो भन्न् चाहान्छु कि, अहिलेसम्म मुसलमान जिउँदो छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?