प्रदेश नं. ६ मा प्रदेश र प्रतिनीधि सभाका उमेदवार छान्दै विवेकशील साझा

सुर्खेत, १२ असोज ।विवेकशील साझा पार्टीले प्रदेश नं ६ मा प्रदेश र प्रतिनीधि सभाका उमेदवार छनौट प्रक्रियालाई तिव्रता दिएको छ । मंसिर १० र २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै विवेकशिल साझाले आफ्नो सक्रियता बढाएको हो ।६ नं. प्रदेशका सबै जिल्लामा आफ्नो पार्टीले उमेदवारी दिने प्रदेश नं.६ का संयोजक गेहेन्द्र दाहालले बताए । दाहालले भने, संभवत हामी ६ नं. प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रहरुबाट उमेदवारी दिने छौं ।छोटो समय मै लोकप्रिय बनेको विवेकशील साझाप्रति समाजका लब्ध प्रतिष्ठित व्यक्तिको आकर्षण बढेको दाहालको भनाई छ । छोटो समयमै विवेकशील साझा पार्टीप्रति आकर्षण बढ्नुमा पार्टीका चार स्तम्भ पद्धती, पारदर्शिता, ईमानदारीता र उत्कृष्टता नै मुख्य आकर्षण रहेको दाहालले बताए ।आसन्न प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश नं.६ बाट हुने उमेदवारहरुका विषयमा छलफल चलिरहेको र केही दिनमै पार्टीका संयोजक रविन्द्र मिश्रको उपस्थितीमा उमेदवारी घोषणा गरिने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?