तेस्रो जितको खोजीमा बार्सिलोना

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तरगतको समूह चरणको खेलमा आज बार्सिलोना र डाइनामो किभ भिड्दै छन् । बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा बार्सिलोना लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । समूह चरणका दुई खेल जितेको बार्सिलोना ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

घरेलु मैदानमा बार्सिलोना लगातार तेस्रो जित निकाल्न चाहन्छ । किभ भने पहिलो जितको खोजीमा रहेको छ । किभले २ खेलमा १ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?