इलेक्टोरल भोटको रेसमा ट्रम्पमाथि बाइडेनको वर्चश्व

काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा अहिले राष्ट्रपतिका लागि चुनाव भईरहेको छ । मतदान सकिएपछि अहिले धमाधम मत गणना भईरहेको छ ।

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारमा रहेका जो बाइडेनबीच कडा प्रतिष्पर्धा भईरहेको छ ।

अहिलेसम्म ट्रम्प बाइडेन भन्दा पछि परेको देख्न सकिन्छ ।

यसैबीच ट्रम्प बाइडेन भन्दा २५ इलेक्टोरल भोटल पछि रहेका छन् । हालसम्म ट्रम्पले २१३ इलेक्टोरल भोट पाएका छन् भने बाइडेनले २३८ इलेक्टोरल भोट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?