काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजिनामा दिएमा देश बर्बादितिर जाने बताएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले कुनैपनि हालतमा राजिनामा नदिने बताएका हुन् ।
“के अहिले मैले राजिनामा दिन हुन्छ, मेरो लागि होइन देशको लागि । मैले राजिनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यस कारण म राजिनामा दिनेवाला छैन ।” उनले भने ।
बाहिर आफूले राजिनामा दिने भन्ने बारम्बार आइरहेको हल्लाको खण्डन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
आफू प्रधानमन्त्री बनेको आफ्नो रहरले नभएर जनताको आवश्यकक्ता र समर्थनले भएको समेत बताएका छन् । साथै यहाँसम्मको यात्रा जालझेल र तिक्डमबाट नभइ व्यापक जनसमर्थनबाट भएको समेत उनले बताए । “म यस ठाउँमा आएको मेरा रहरले होइन । जनताको आवश्यक्क्ता र समर्थनले हो । यहासम्म पुर्याएको मेरो जालझेल र तिक्डमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो ।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया