काठमाडौं । बुधवार (आज) हुने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको भेटघाट हुन सकेन ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार फोनवार्ता भएको र बुधवार बिहान ९ः३० बजेका लागि ओलीले समय दिएकोमा यतिबेलासम्म भेटघाट भएको छैन ।
प्रधानमन्त्री ओलीको ब्यस्तताको कारण देखाउँदै आजको भेटघाट हुन नसकेको स्रोतले जनाएको छ । दुई अध्यक्षबीच बारम्बार भइरहेको असमझदारी पछि अन्ततः केहीदिन अघि ओलीले औपचारिक रुपमै छुट्टिने प्रस्ताव प्रचण्डलाई गरेसँगै पार्टी फुटको अवस्थामा विश्लेषण गरिएका बेला आज तय भएको भेटघाटलाई महत्वपूर्ण मानिएको थियो ।
तर ओलीले एजेण्डाबिना सचिवालय बैठक नबस्ने अडान कायमै राख्नु र तय भएको भेटको कार्यक्रमलाई स्थगित गरेपछि पूर्व माओवादी नेताहरु छुट्टै छलफल चलाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया