काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाइपजिग भिड्दै छन् ।
पीएसजीले समूह चरणको तेस्रो खेल लाइपजिगसँग उसैको मैदानमा खेल्ने छ । पीएसजी र लाइपजिगबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
पीएसजी दोस्रो जितको खोजीमा हुनेछ । पीएसजी दुई मुख्य स्ट्राइकर नेयमार र केलियन एमबाप्पे बिना मैदान उत्रने छ । चोटका कारण दुबै खेलाडीले लाइपजिगसँगको खेल गुमाउने भएका हुन् ।
यस समूहमा २ खेलमा ३ अंक जोडेको पीएसजी दोस्रो स्थानमा रहेको छ ।
लाइपजिग पनि पीएसजीलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । लाइपजिग ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया