फ्लोरिडा राज्यमा डोनाल्ड ट्रम्पको जित, जर्जिया र मिचिगनमा कस्तो छ अवस्था ?

काठमाडौं । डोनाल्ड ट्रम्पले २९ इलेक्टोरल रहेको फ्लोरिडा राज्यमा जित हासिल गरेका छन् । २०१६ मा पनि उनले यस राज्यमा जित हासिल गरेका थिए । अधिकांश राज्यबाट मतपरिणाम आउने क्रम जारी नै छ । यस्तोमा आगामी कार्यकाल ट्रम्पले नै निरन्तरता पाउनेछन् वा डेमोक्रेटिकतर्फका प्रतिस्पर्धी जो बाइडेन विजयी हुन्छन् भन्ने तय गर्नका लागि यी ४ राज्यको मतपरिणाम निर्णायक हुनेछ । कोरोना भाइरसका कारण कतिपय मतदाताले हुलाकमार्फत भोट खसालेकाले अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्नसक्छ ।

जर्जिया

जर्जिया राज्यमा ७ प्रतिशत मतगणना भइसक्दा ट्रम्पको अग्रता कायम छ । ट्रम्पका पक्षमा ५६ दशमलव २ प्रतिशत र बाइडेनका पक्षमा ४६ दशमलव ५ प्रतिशत मत छ । यस राज्यलाई रिपब्लिकन पार्टीको पकड क्षेत्र मानिन्छ । यहाँबाट २०० मा जोन म्याक केन, २०१२ मा मिट् रोम्नी र २०१६ मा ट्रम्पलाई मत आएको थियो ।

मिचिगन

मिचिगन राज्यमा ६२ प्रतिशतभन्दा धेरै मतगणना भइसक्दा ट्रम्प अगाडि छन् । उनले ५३ दशमलव ८ प्रतिशत र जो बाइडेनले ४४ दशमलव ६ प्रतिशत मत ल्याएका छन् । मिचिगनको इलेक्टोरल भोटर संख्या १६ जना छ । यस राज्यबाट २००८ र २०१२ मा बाराक ओबामाका पक्षमा मत खसेको थियो भने २०१६ मा ट्रम्प विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?