चुनाव नतिजामाथि ट्रम्पको आरोप : भने-‘विपक्षीले चोरे भोट, ट्वीटरले लियो एक्शन’

काठमाडौं । अमेरिकामा राष्ट्रपतिय चुनावका लागि भोटको गणना जारी छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमा गम्भीर आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘हामी जिततर्फ बढीरहेका छौँ, तर विरोधीले नतिजा चोर्ने कोशिस गरिरहेको छ । तर हामी यस्तो गर्न दिँदैनौँ । यस ट्वीटलाई ट्वीटरले भने ब्लक गरिदिएको छ ।’

हालसम्म ट्रम्पले २१३ इलेक्टोरल भोट पाएका छन् भने बाइडेनले २२४ इलेक्टोरल भोट पाएका छन् । राष्ट्रपति ट्रम्पले आज राती देशबासीको नाममा सम्बोधन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?