काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा गोपाल खनाल नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खनाललाई राखेपको नयाँ बोर्डमा सदस्यको रुपमा नियुक्त गरेका हुन् । उद्योग वाणिज्य महासंघको सिफारिसमा मन्त्री विश्वकर्माले खनाललाई नियुक्त गरेका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन अनुसार परिषद्को बोर्ड सदस्यमा उद्योग वाणिज्य महासंघको सिफारिसमा परिषद् अध्यक्षले एक जना मनोनयन गर्ने व्यवस्था छ ।
खनाल उद्योग वाणिज्य महासंघको क्लस्टरबाट बोर्ड सदस्य बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया