काठमाडौं । भारतीय सेना प्रमुख मनोजमुकुन्द नरावणे काठमाडौं आइपुगेका छन् ।
बुधवार नरावणे भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।
नरावणे आफ्नो भ्रमण टोली र दुई वटा विमानसहित काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे नेपालको तीनदिने भ्रमणका लागि नेपाल आएका हुन्।
नेपाली सेना र भारतीय सेनाबीच एकअर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न नेपाल आएका हुन् ।
यो पनि
भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै, को-कोसँग भेट्दैछन् ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया