कांग्रेस प्रवक्ता शर्मा अमेरिकी राष्ट्रपति निर्वाचनको बुथमा !

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अमेरिकी राष्ट्रपति निर्वाचन अवलोकनका लागि बुथमा पुगेका छन् ।

नोभेम्बर ३ तारेख मंगलवार अमेरिकामा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ ।

राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन प्रतिष्पर्धामा रहेका छन् । बाइटडेन बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति हुन् ।

प्रवक्ता शर्माले आफू निर्वाचन बुथमा जानुअघि कोरोन परीक्षण गराएको र रिपोर्ट नेगेटिभ आएपछि निर्वाचनमा गएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले भनेका छन्, “नेगेटिभ रिपोर्ट आए लगत्तै साथी शिव साहको घरबाट निक्लेर रास्ट्रपति निर्वाचनको बुथमा पुगियो !’

निर्वाचनको बुथमा पुगेर कांग्रेस प्रवक्ता शर्माले ट्रम्प बाइडेनको प्रतिष्पर्धामा मत परिणापछि थाहा हुने तर कोरोना जित्नका लागि भने मास्क, भौतिक दूरी र सफाई अनिवार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

ट्रम्प-बाइडेन को जित्लान् थाहा छैन तर यति थाहाझचैं तपाईं हामीले जबर्जस्त ढंगले लिनैपर्छ कि कोरोनालाई जित्न भने- ३ (मास्क,भौतिक, दुरि) सफाइ यो ३ मन्त्र अनिवार्य जप्नु छ,अनिवार्य पालना गर्नुछ ।‘ उनले भने ।

साथै अब दुनियाँले कोरोना सँगसँगै बाच्नुपर्ने समेत बताएका छन् ।

यतिबेला विश्वको ध्यान अमेरिकी राष्ट्रपति निर्वाचनले तानेको छ । ट्रम्प नै वा बाइडने को आउने भन्ने चर्चाकाबीच मत गणना शुरु भएको छ । न्यूयोर्क टाइम्सका अनुसार अहिलेसम्म ट्रम्पलाई ११२ र बाइडेनलाई २०९ इलेक्टर्स भोट मिलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?