काठमाडौं । संसारकै सबैभन्दा शक्तिशाली देश अमेरिकामा राष्ट्रपति चुनावको नतिजा आउन शुरु भएको छ ।

अहिलेसम्म डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन २०९ इलेक्टोरल भोटका साथ अगाडि रहेका छन् भने राष्ट्रपति ट्रम्पले ११८ इलेक्टोरल भोट पाएका छन् ।

यसैबीच अमेरिकामा हिंसा भड्किने आशंका गरिएको छ । जसका कारण ह्वाइट हाउस र अमेरिकाका प्रमुख वाणिज्यिक मार्गमा कडा सुरक्षा तैनाथ गरिएको छ ।

साथै व्यापारीहरुले आफ्नो पसल जोगाउन कभर लगाएका छन् । महत्वपूर्ण सरकारी प्रतिष्ठान हाई अलर्टमा रहेका छन् । साथै सीक्रेट सर्भिस ह्वाइट हाउसमा सैनिक तैनाथ गरिएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया