७ चैत्र २०७९, मंगलवार

प्रदेश नं. ६ मा प्रदेश र प्रतिनीधि सभाका उमेदवार छान्दै विवेकशील साझा

२०७४,आश्विन,१२,बिहीवार १०:२३

0
Shares

सुर्खेत, १२ असोज ।विवेकशील साझा पार्टीले प्रदेश नं ६ मा प्रदेश र प्रतिनीधि सभाका उमेदवार छनौट प्रक्रियालाई तिव्रता दिएको छ । मंसिर १० र २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै विवेकशिल साझाले आफ्नो सक्रियता बढाएको हो ।६ नं. प्रदेशका सबै जिल्लामा आफ्नो पार्टीले उमेदवारी दिने प्रदेश नं.६ का संयोजक गेहेन्द्र दाहालले बताए । दाहालले भने, संभवत हामी ६ नं. प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रहरुबाट उमेदवारी दिने छौं ।छोटो समय मै लोकप्रिय बनेको विवेकशील साझाप्रति समाजका लब्ध प्रतिष्ठित व्यक्तिको आकर्षण बढेको दाहालको भनाई छ । छोटो समयमै विवेकशील साझा पार्टीप्रति आकर्षण बढ्नुमा पार्टीका चार स्तम्भ पद्धती, पारदर्शिता, ईमानदारीता र उत्कृष्टता नै मुख्य आकर्षण रहेको दाहालले बताए ।आसन्न प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश नं.६ बाट हुने उमेदवारहरुका विषयमा छलफल चलिरहेको र केही दिनमै पार्टीका संयोजक रविन्द्र मिश्रको उपस्थितीमा उमेदवारी घोषणा गरिने दाहालले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१२,बिहीवार १०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताएका छन् । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप

सुर्खेत । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले सरकार भ्रष्ट छ होइन, भ्रष्टाचारका लागि सरकार छ भन्ने भाष्य बनिरहेको भन्दै

कर्णाली । देश सङ्घीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारले संविधानबमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् ।

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी फागुन १ गते जनयुद्द दिवस मनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०