भारतीय राजदूत क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच भेटघाट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपालको परराष्ट्र सचिव भरतराज पौड्यालबीच शिष्टाचार भेटघाट भएको छ ।

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल आउन लागेका बेला राजदूत क्वात्राले परराष्ट्र सचिवसँग भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा नेपाल भारतबीचको सहकार्यमा भइरहेको ठोस प्रगतीहरुबारे सकारात्मक छलफल भएको राजदूत क्वात्राले बताएका छन् । साथै उनले नवनियुक्त परराष्ट्र सचिव पौडेललाई शुभकामना समेत दिएका छन् ।

भेटघाटपछि एक ट्वीट गर्दै क्वात्राले भनेका छन्, “विदेश सचिव भरतराज पौड्याल जीसँग न्यानो भेट भयो। उनको नियुक्तिको लागि हार्दिक बधाई । हामिबीच भारत-नेपाल सहकार्यमा भईरहेको ठोस प्रगतिहरूबारे सकारात्मक छलफल भयो।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?