पुण्य गौतम पक्राउ

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज (बुधवार) मध्यान्ह नेपाल आउँदैछन् ।

नेपालको तीन दिने भ्रमणमा आउन लागेका नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्रेको छ ।

आफ्नो युट्युब च्यानलमा गौतमले एक भिडियो मार्फत् भारतीय सेनाध्यक्षको भ्रमणबारे बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका थिए । जसका कारण उनलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?