काठमाडौं । आईपीएलको समूहचरणको अन्तिम खेलमा मंगलवार सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गरेको छ ।
यो जितसँगै हैदराबाद प्लेअफमा प्रवेश गरेको छ । लीगको इतिहासमा हैदराबादले दोश्रोपटक १० विकेटले पराजित गरेको छ ।
यो भन्दा पहिला २०१६ मा गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको थियो ।
कप्तान डेभिड वार्नर र ऋद्धिमान साहाले १७ चौका र २ छक्काको सहयोगमा १७ बल बाँकी रहँदै खेल जिताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया