सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ ।
सर्वसाधारणले आठ महिनायता सरकारी अस्पतालबाट निःशुल्क परीक्षण र उपचार पाउँदै आएकामा कात्तिक २ बाट सरकारले यो सेवा कटौती गरेको थियो । यो निर्णयपछि संक्रमितको सम्पर्कमा आएका र सम्भावित संक्रमितले परीक्षण गर्नै छाडेका छन् ।
सात दिनयता उपत्यकाका सरकारी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको तथ्यांक हेर्दा क्रमिक रूपमा घट्दै गइरहेको देखिन्छ । कात्तिक ७ मा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ सय ३८ नमुनाको स्वाब परीक्षण भएको थियो । यो संख्या क्रमिक रूपमा घट्दै कात्तिक १७ मा आइपुग्दा १ सय ५८ मात्रै रहेको अस्पतालले जनाएको छ ।
परीक्षणका लागि सयौं मानिसको भीड लाग्ने यो अस्पताल परिसर हिजोआज सुनसान जस्तै बनेको छ ।
पीसीआर परीक्षण गर्दै आएका प्रसूति गृह, पाटन अस्पताल, वीर, त्रिवि शिक्षण, प्रहरी र सशस्त्र प्रहरी अस्पतालमा पनि पहिलेजस्तो पीसीआरका लागि भीड छैन । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया