नेपाल र ओमनबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनामा हस्ताक्षर

भीष्मराज ओझा /ओमन, ११ असोजनेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।मस्टकस्थित ग्राण्ड ह्यात होटलमा एक कार्यक्रमकाबीच नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गरे ।उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र ओमनका उच्च अधिकारीको समुपस्थितिमा भएको सो सम्झौताबाट दुवै देशबीचको सम्बन्ध थप उचाइमा पु¥याउन कोशेढुंगा सावित हुने बताइएको छ ।दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेका अवसरमा भएको यस सम्झौताले सम्बन्धमा नयाँ आयाम थपेको प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले बताए । सम्झौताबाट दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्ने राम्रो सुरुआत भएको उनको धारणा थियो ।प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै ओमन पुगेकोे हो । प्रधानमन्त्री देउवाको तीनदिने ओमन भ्रमणको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?