थप तीन हजारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ११४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । विभिन्न स्वास्थ्य प्रयोगशालामा आज ११ हजार १६६ पिसिआर परिक्षण गरिएकामा एक हजार ८६७ पुरुष तथा एक हजार २४७ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना कोरोना संक्रमणमुक्त भएको र कोरोनाका कारण २० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६८ कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितमध्ये हाल ३० हजार ६९४ होम आइसोलेसशनमा रहेका र ३७२ जनाको आइसियू तथा ६८ जनाको भेन्लिेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?