काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५६ औँ म्याचमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच खेल भईरहेको छ ।
टस हारेर ब्याटिङ गरेको मुम्बईले यो समाचार तयार पार्दासम्म १३ ओभरमा ८७ रन बनाएर ५ विकेट गुमाएको छ ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४, क्विनटन डिककले २५, सूर्यकुमार यादवले ३६, ईशान किशन नट आउट १५ रन बनाएर खेलिरहेका छन् भने क्रुनल पाण्डे बिना खाता खोली पेभेलियन फर्किए ।
त्यस्तै सौरभ तिवारी पनि १ रन बनाएर आउट भएका छन् । अहिे किरन पोलार्ड ब्याटिङमा आएका छन् । हैदराबादलाई प्लेअफमा जान खेल जित्नैपर्ने दवाव छ भने मुम्बई यस अगाडि नै प्लेअफमा पुगिसकेको छ । यदि हैदराबादले खेल हारेमा कोलकता प्लेअफमा जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया