आयोग गठन गरी माग पूरा गर्न आग्रह

बाँके । भूमिहीन, सुकुम्बासी र मुक्त कमैयाहरुको समस्या आयोग गठन गरी माग पूरा गर्न माग गरिएको छ । भूमि अधिकार मञ्च बर्दियाले आज गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बर्दियामा भूमिहीन, सुकुम्बासी र मुक्त कमैयाहरुले आफ्ना समस्या समाधान गर्न सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्ने अधिकांश भूमिहीन नागरिकले वर्षौंदेखि जोतभोग गर्दै आएको जमीनको जग्गा लालपूर्जा, वा बसोवास गरेको कुनै प्रमाणपत्र नपाएको बताएका छन् । मञ्चले भूमि समस्या समाधान गर्न तत्काल जिल्लास्तरीय भूमि समस्यासम्बन्धी आयोगको समिति गठन गर्न र सुकुम्बासी, भूमिहीनहरुलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा दिन सरकारसँग माग गरेको छ ।

बढैयाताल गाउँपालिका—९ का पल्टुराम थारुले दलले भूमिहीनहरुको समस्यालाई राजनीतिक एजेण्डा बनाएर राजनीति मात्रै गरेको आरोप लगाए ।

कोरोनाको त्रासमा सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि भूमिहीनको मुद्दामा चासो नदिएको भन्दै गुलरिया नगरपालिका—९ का लक्ष्मण विकले सरकारले भूमिहीनहरुको घरगोठ भत्काएको गुनासो गरे। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?