कांग्रेस संसदीय दलद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधिसभा सदस्य एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर कसीको निधनप्रति दुःख व्यक्त गरेको छ । सांसद केसीको गए राति निधन भएको हो ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत केसीको आत्माको चिरशान्तिको कामनाका साथै श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । विसं २०१४ मा माता पदमकुमारी देवी र पीता कीर्तिबहादुरको ज्येष्ठ सुपुत्रको रुपमा जन्मिएका केसी २०७४ सालमा काँग्रेसको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य भएका थिए।

उनी राजनीतिमा शालीन र भद्र व्यतिmत्वको रुपमा परिचित हुुनुहुन्थ्यो । नेपालको औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका केसी औद्योगिक क्षेत्रमा एक सम्मानित एवं प्रतिष्ठित व्यक्तित्व थिए । सांसद केसीको निधनले कांग्रेस र नेपालको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको संसदीय दलले जनाएको । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?