सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
फाक्सिन्दा दोभानबाट बालुवा लिएर सुरुङतर्फ जाँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर दुर्घटना हुँदा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत चालक बाराको सिमराजीतपुर उपमहानगरपालिका बस्ने ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले सडकदेखि करीब ४०० मिटर तल अरुण नदीको किनारामा टिपर खस्दा चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।
टिप्परचालक तामाङको गए राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया