प्रदेश नं १ : ३६३ कोरोना संक्रमित थप

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा मोरङमा १५६ मध्ये विराटनगरमा १२०, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुईदुई, पाँचथर, भोजपुर र तेह्रथुममा एकएक र प्रदेश बाहिरका १२ जना छन् । प्रदेशमा संक्रमितको संख्या २० हजार १५४ पुगेको छ ।

विभिन्न अस्पताल तथा आइसोलेसननबाट आज १६० संक्रमित निको भई घर फर्केका छन् । उनीहरुको संख्या हालसम्म ११ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ६३ हजार ४९९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?