काठमाडौं । कोरोना संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि एक्सन एड नेपालले नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजिते एक सङ्क्षिप्त कार्यक्रममा एक्सन एड नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई एक करोड ६२ लाख ४३ हजार ३ सय ४३ बराबरका ती सामाग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित सुरक्षा सामाग्रीमध्ये चारहजार थान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकताअनुसार वितरण गर्ने र बाँकी पाँचहजार ४५७ थान काठमाडौं, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लाका स्थानीय पालिकामार्फत स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने उक्त मन्त्रालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया