काठमाडौं उपत्यकामा आज कति थपिए संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४६८ जनालाई कोरोना संक्रमण भएको छ ।

जसमध्ये ६४९ जना महिला र ८१९ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ८३० रहेका छन् भने, भक्तपुरमा १ हजार ७३० जना र ललितपुरमा २ हजार १९६ जना रहेका छन् ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १४२ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?