भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । मुख्य न्यायधीश नहकुल सुवेदीको एकल इजलासले मंगलवार र्‍याप गायक भिटेनलाई पक्राउ गर्नुको कारण देखाऊ आदेश जारी गर्दै प्रहरीलाई पक्राउ नगर्न आदेश जारी गरेको छ ।

गीत संगीतको विषयलाई लिएर प्रहरीलाई पक्राउ नगर्न भनेर अदालतबाट अन्तरिम आदेश भएको बताइएको छ ।

र्‍यापर भिटेनको नयाँ र्‍याप गीत ‘पारा’ मा आपत्तिजनक शब्दहरुको प्रयोग भएको भन्दै गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

प्रहरीले अनुसन्धान शुरु गरेपछि कात्तिक १३ गते उक्त गीत युट्युबबाट हटाइएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?