नेपालमा कोरोनाका कारण १ हजार बढीले गुमाए ज्यान

काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १४२ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?