अर्थमन्त्री पाैडेल र भारतीय राजदूतबीच भेट

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेल र क्वात्राबीचमा दुईदेशबीचको आपसी समृद्धि र प्रगतिको बारेमा कुराकानी भएको थियो ।

साथै द्वीपक्षिय आर्थिक र विकास साझेदारीलाई मजबुत बनाउने कुरामा छलफल भएको क्वात्राले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?