रियलको च्याम्पियन्स लिगको यात्रा कठीन मोडमा !

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा आज (मंगलवार) स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानसँग भिड्दै छ ।

रियलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा शुरु हुनेछ ।

Inter Milan vs Real Madrid Predictions and Betting Analysis

लिगमा दुई खेल खेलेको रियल एक अंकका साथ तालिकाको पुछारमा छ । आजको खेलमा पनि पराजित भए रियललाई अघिल्लो चरण प्रवेशका लागि असहज हुनेछ ।

ला लिगामा सन्तोषजनक प्रदर्शन गरिरहेको रियल म्याड्रिडको च्याम्पियन्स लिगको यात्रा भने कठीन मोडमा छ । समूह ‘बी’ को पुछारमा रहेको रियललाई इन्टरसँगको खेलको नतिजाले अघिल्लो चरणको यात्राका लागि महत्वपूर्ण हुनेछ ।

यता मिलान जित निकाल्दै आफूलाई तालिकाको शीर्ष स्थानमा उक्लने योजनमा हुनेछ । लिगमा दुई खेल खेलेको इन्टर दुई अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेलमा जित निकाले इन्टर तालिकाको शीर्ष स्थानमा रहनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?