खुलामञ्चमा खाना खुवाउने कार्य रोक्नु अमानवीयताको पराकाष्ठा : साझा पार्टी

काठमाडौं । काठमाडौंको खुलामञ्चमा कोरोनाको कारण समस्यामा परेका मजदूर तथा असहायहरुलाई परोपकारी संस्थाहरुले खाना खुवाइरहेकोमा काठमाडौं महानगरले लगाएको रोकप्रति साझा पार्टीले घोर भत्र्सना गरेको छ ।

कोरोना महामारीपछि समस्यामा परेको गरिव, असहाय तथा मजदूर वर्गलाई विभिन्न संस्थाहरुले खुलामञ्चमा बिहान बेलुका खाना खुवाउँदै आएका थिए ।
श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकारले उनीहरुको संरक्षण गर्नुपर्ने बेला उनीहरुलाई हटाउनु अमानवीयताको पराकाष्ठा भएको जनाएको छ ।

मंगलवार प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।

साथै उक्त कदमको बिरोध जनाउँदै साझा पार्टीले बुधवार (भोली) खुलामञ्चमा बिहान बेलुका खुवाइएको खानाको खर्च पार्टीले व्यहोर्ने र पार्टीका स्वमंसेवकहरु पनि खाना खुवाउने कार्यमा सरिक हुने प्रवक्ता पाठकले बताएका छन् । साथै शान्क्तिपूर्ण रुपमा गरिने मानवीय कार्य निर्दयी सरकारले कसरी रोक्दो रहेछ भन्दै साझा पार्टीले प्रश्न समेत गरेको छ ।

सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले। विज्ञप्तिमा भनिएको छ ।

साथै खुलामञ्चमा खाना खुवाउने कार्यको प्रशंसा गर्दै अरुलाई समेत सहयोग गर्न साझाले अपिल गरेको छ । उक्त निर्णय तुरुन्त फिर्ता गरी कोरोना कहरका बेला श्रमिक तथा असहायहरुलाई कि काम र कि मामको व्यवस्था गर्न समेत साझाले आग्रह गरेको छ ।

सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्।” जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?