विश्वभर तीन करोड ४० लाख मानिस कोरोना संक्रमण मुक्त

पेरिस । कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले सक्रमणमुक्त भईसकेकाहरुको संख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलवारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार २४१ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भइसकेका हुन् ।

तर कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या भने १२ लाख १२ हजार ११६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल चार करोड ७३ लाख ६३ हजार ९८५ जना सङ्क्रंक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये एक करोड २० लाख ९१ हजार ६२८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

अहिले पनि संक्रमित अवस्थामै रहेकामध्ये झण्डै ९९ प्रतिशत अर्थात् एक करोड २० लाख चार हजार ९५७ जना मध्यम अवस्थामा रहेका छन् भने झण्डै एक प्रतिशत अर्थात ८६ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको छ ।

सङ्क्रमित र मृतकहरुको संख्याका आधारमा हेर्दा अमेरिका सवैभन्दा बढी प्रभावित देखिएको छ । अमेरिकामा अहिलेसम्म कूल ९५ लाख ६७ हजार ५४३ जना संक्रमित हुँदा कूल दुइ लाख ३६ हजार ९९७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार ६२३ जना संक्रमित भएका छन् भने एक लाख २३ हजार २३९ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा अहिलेसम्म एक लाख ६० हजार २७२ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार २०६ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट रुसमा अहिलेसम्म १६ लाख ७३ हजार ६८६ जना संक्रमित भएका छन् भने २८ हजार ८२८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट प्रभावित भएका मुलुकहरु मध्ये रुस चौथो अग्रपंक्तिमा पर्दछ ।

पाँचौँ अग्रपंक्तिमा रहेको फ्रान्समा अहिलेसम्म कोरोना भाइरसका कारण ३७ हजार ४३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट अहिलेसम्म १४ लाख ६६ हजार ४३३ जना संक्रमित भएका छन् ।

त्यसैगरी स्पेन, अर्जेन्टिना, कोलम्बिया, बेलायत र मेक्सीको कोरोना भाइरसबाट प्रभावित अग्र १० देशमा रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?