चौथो दिन शेयरबजारमा वृद्धि, २ अर्ब भन्दा धेरैको कारोबार

काठमाडौं । लगातार तीन कारोबारदिन घटेको बजार मंगलवार भने ५.४० अंकले बढेको छ । मंगलवार शेयरबजार परिसूचक नेप्से बढेर १६४३.०४ अंकको विन्दुमा बजार बन्द भएको छ ।

यस्तै सेन्सिटिभ इन्डेक्स पनि १.१४ अंकले उकालो लाग्दै ३२६.६० अंकको विन्दुमा बजार बन्द भएको छ ।

०.३३ प्रतिशतले बढेको बजारमा बैंकिङ र विकास बैंक समूहको परिसूचक बाहेक अन्य सबै समूहको परिसूचक बढेका छन् । मंगलवार ट्रेडिङ समूहको परिसूचक सर्वाधिक ४.८० प्रतिशतले बढेको छ भने दोस्रोमा म्यूचल फन्ड समूहको २.४९ प्रतिशतले बढेको छ ।

र्निजिवन बिमा समूहको परिसूचक पनि २.१८ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहको परिसूचक मंगलवार १.३९ अंकले बढेको छ । बाँकि सबै समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटबढ भएका छन् ।

मंगलवारको कारोबारमा १ कम्पनीको मात्र १० करोड भन्दा धेरैको कारोबार भएको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेको सर्वाधिक १० करोड ३ लाख २१ हजार ५ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै शेयर संख्याका आधारमा भने सिद्धार्थ इक्विटि फन्डको सर्वाधिक ५ लाख ७३ हजार ८ सय ४० कित्ता शेयरको खरिदबिक्रि भएको छ । कारोबार संख्याका आधारमा भने जनरल इन्स्यनेरेन्सको सर्वाधिक १ हजार ९ सय ४४ पटक कारोबार भएको छ ।

मंगलवारको बजारमा आजपनि विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्यमा पोजिटिभ बे्रक लागेको छ । आज मात्रै ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस बाहेक राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १ हजार २ रुपैयाँले कमाएका छन् ।

मंगलवार महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक २.५५ प्रतिशतले गुमाएका छन् । रकमका आधारमा सामुदायीक लद्युवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक १९ रुपैयाँले गुमाएका छन् ।

मंगलवार १ सय ९८ कम्पनीको २९ हजार ६ सय ६ पटकको कारोबारमा ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता शेयरको खरिदबिक्रि हुँदा २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलवार कारोबारमा आएका कम्पनी मध्ये ८३ कम्पनीको शेयरमूल्य बढ्दा ७० कम्पनीको शेयरमूल्य घटेको छ । बाँकि १९ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?