भारतीय सेना प्रमुखको भ्रमणलाई लिएर भारतीय दूतावासले दियो यस्तो प्रतिक्रिया

काठमाडौं । भारतीय सेना प्रमुखको आउँदो भ्रमणले दुई देशको सेनाको परम्परागत बन्धनसहित मित्रता गहिरो हुने विश्वास भारतीय दूताबासले गरेको छ ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको नोभेम्बर ४ देखि हुने ३ दिने भ्रमणलाई संकेत गर्दै भारतीयदूतावासका प्रवक्ता नविन कुमारले यसलाई विषेश भ्रमण भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट शेयर गर्दै उनले भने, दुई देशको सेनाको परम्परागत बन्धनसहित दुई देशको सेनाको मित्रता गहिरो हुने विश्वास गरेका छौँ ।

तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनले भेटवार्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?