अमेरिकी चुनाव : नागरिकमाथि हिंसाको डर, १.७ करोड बन्दूक बिक्री, किन्नेमा महिला र अश्वेत धेरै

काठमाडौं । दुई बिरोधी खेमामा बाँडिएका अमेरिकी नागरिक राष्ट्रपतिय चुनाव भन्दा पहिला बन्दूक किन्ने होडमा लागेका छन् ।

मंगलवार मतदान र त्यसपछिको हिंसाको आशंकाले घेरिएका अमेरिकन नागरिले अहिलेसम्म १ करोड ७० लाख भन्दा धेरै बन्दूक किनेका छन् ।

त्यसमध्ये ६० लाख मानिसले पहिलोपटक बन्दूक किनेका छन् । यसमा पनि अश्वेत नागरिक र महिला धेरै रहेका छन् ।

सेप्टेम्बरमा मात्रै १८ लाख बन्दूक किनिएको छ । यो बितेको वर्षको भन्दा ६६ प्रतिशतले बढी हो । २०१६ मा १.६६ करोड बन्दूक बिक्री भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?