काठमाडौं । पूर्व अस्ट्रेलियाली अलराउण्डर शेन वाट्सन (३९) ले इण्डियन प्रिमियर लीट (आईपीएलबाट) सन्यास लिएका छन् ।
राजस्थान रोयल्स र रायल च्यालेन्जर्स ब्यांग्लोरबाट खेलिसकेका उनले सन्यास लिएका हुन् । उनले राजस्थान र ब्यांग्लोरको कप्तानी समेत गरेका थिए । सन्यासको पुष्टि चेन्नई सुपरकिंग्सको क्रिकेट वेबसाइट क्रिकबेजले दिएको हो ।
![]()
उनले २०१८ को आईपीएलको फाइनलमा ११७ रनको शतकीय पारी खेलेका थिए । उनले यो सीजनको अन्तिम म्याचमा २९ अक्टोबरमा कोलकता नाइट राइडर्सविरुद्ध ३५ रनको पारी खेलेका थिए । उनले आईपीएलमा १४५ म्याच खेले ।
जसमा ३ हजार ८७४ रन बनाए भने ३६अर्धशतक बनाए । उनको बेस्ट स्कोर ९३ रन थियो । उनले लीगमा २९.१५ को औसतमा ९२ विकेट लिएका छन् ।
उनको लीगमा एकोनोमी रेट ७.९३ थियो । उनले सन् २०१६ मा इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएका थिए ।
अस्ट्रेलियाली अलराउण्डरले ५९ टेस्टमा ३ हजार ७३१ र १९० वान डेमा ५ हजार ७५७ रन बनाएका थिए ।
उनको नाममा ५८ टी २० मा १ हजार ४६२ रन दर्ता गरेका छन् । वाट्सनले टेस्टमा ७५ , वानडेमा १६८ र ४८ विकेट लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया