घरमा ड्रग्स भेटिएपछि फरार भएकी दीपिकाकी म्यानेजर करिश्माले दिइन् राजिनामा

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्इानेजर करिश्मा प्रकाशले ड्रग्स केसमा फसेपछि राजिनामा दिएकी छन् ।

उनले ट्यालेन्ट म्यानेजमेण्ट कम्पनी क्वानबाट राजीनामा दिएकी हुन् । उनले २१ अक्टोबरमा राजीनामा दिएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले उपस्थित हुन आदेश दिएपछि उनी हालसम्म फरार छिन् ।

उनलाई २७ अक्टोबारमा उपस्थित हुन आदेश दिइएको थियो । उनको घरबाट १.८ ग्राम ड्रग्स बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?