पोर्चुगलमा लकडाउनको तयारी, स्पेनमा फेरि भड्कियो हिंसा

काठमाडौं । पोर्चुगल सरकारले कोरोना संक्रमण रोक्नको लागि आपत्काल र लकडाउन घोषणा गर्न लागेको छ । तर हालसम्म भने आपत्काल कस्तो हुने र लकडाउन पहिलाको जस्तै हुन्छ वा हुँदैन भन्ने कुरा बताइएको छैन ।

राष्ट्रपति मार्सेलो रेबेलोले यसको बारेमा विचार गर्दै गरेको बताएका छन् । यूरोपीय देशमा कोरोना संक्रमणको दोश्रो लहर घातक साबित भईरहेको छ ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले देशमा कोरोना संक्रमितको संख्या बढीरहेको बताएका छन् । यसैबीच उता स्पेनमा भने कोरोना संक्रमण रोक्नका लागि लगाइएको लकडाउनका कारण नागरिकहरु सडकमा उत्रेका छन् ।

उनीहरुले सडकमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीलाई प्रहरीले हटाउन लाग्दा शिंसा चर्किएको हो ।

स्पेनमा ६ महिनाको स्टेट अफ इमर्जेन्सी पहिल्यैबाट लागू छ । तर संक्रमणको दोश्रो लहरको खतराका कारण बितेको महिनामा दिइएको सामान्यस्थितीलाई कडाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?