काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।
एउटै गाडिमा सवार दुवै जना पाल्पाबाट पोखरा जाँदैगर्दा सोमबार बेलुका सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका हुन् ।
महासंघका केन्द्रीय सदस्य एवम् रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यले आफँले सवारी चलाएर पाल्पाबाट पोखरा जाँदा सवारी दुर्घटना भएको हो । आचार्यले चलाएको गाडि सडकबाट ५ सय मिटर तल खस्दा उनीहरु गम्भिर घाइते भएका हुन् ।
घाइते दुवैको हिजो लुम्बिनी मेडिकल कलेज, प्रवास, पाल्पामा उपचार गरिएको थियो भने आज विहान थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् ।
‘दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको पाल्पा अस्पतालमा हिजो अप्रेशन गरिएको थियो,’ ह्याम्स अस्पतालबाट ढकालले भने, ‘अहिले दुवैजना खतरामुक्त हुनुहुन्छ । थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया