कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । मंगलवार (आज) दिउँसो बस्न लागेको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । पार्टीको आमन्त्रित केन्द्रीय सदस्य एवम् संघीय सांसद सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पदाधिकारी बैठक स्थगित गरिएको हो ।

गएराति केसीको ६३ वर्षको उमेरमा पोखरास्थित आफ्नै निवासमा निधन भएको थियो । यसअघि सोमवार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सोमवार आज बस्ने गरी बैठक रोकिएपनि केसीको निधनका कारण बैठक स्थगित गरिएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै आज पदाधिकारी बैठक बस्ने समयमा आकस्मिक केन्द्रीय समिति बैठक बोलाइएको छ । पौडेलका अनुसार पदाधिकारी बैठकले सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ । भने अन्य विषयमा छलफल हुनेछैन् ।

“नेपाली कांग्रेसको परम्पराअनुसार केन्द्रीय समितिको इमरजेन्सी बैठक १ बजे बसेर शोक प्रस्ताव पारित गर्छौं,अन्य विषयमा छलफलले प्रवेश पाउँदैन ।” उनले भनेका छन् ।

आगामी महाधिवेशन लगायतका विषयमा छलफल गर्नका लागि सोमवारबाट कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । भने आगामी कार्तिक २१ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?