काठमाडौं । फ्रान्समा लकडाउनको बेलामा पनि एकैदिन ५२ हजार कोरोना संक्रमित थपिएका छन् । दोश्रो लकडाउन लगाएको करिव एक हप्ता पुग्नै लाग्दा यति धेरै संक्रमित थपिएका हुन् ।
सोमवार त्यहाँ ५२ हजार ५१८ नयाँ केस थपिएका छन् । सोमवार नै १ हजार मानिसलाई गम्भीर स्थितीमा अस्पताल भर्ना गरिएको छ ।
अर्कोतर्फ लकडाउनका बेला पनि केस बढ्न थालेपछि इम्यानुएल म्याक्रो सरकार दवावमा परेको छ ।
मानिसहरुले लकडाउन हटाउन माग गरिरहेका छन् । किनभने लकडाउन भएपनि केस बढीरहेको उनीहरुको तर्क छ । फ्रान्स्मा हालसम्म करिव १५ लाख मानिस संक्रमित बनेका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एक पटक फेरि चेतावनी दिएको छ । यो चेतावनी महामारीलाई लिएर सामान्य साच्ने दशहरुका लागि दिइएको हो ।

डब्ल्यूएचओको प्रमुख डाक्टर टेड्रोस एडेनहोम घेब्रियसले अब कोरोनालाई लिएर सामान्य ठान्ने देशहरुले नियम कडाइका साथ लागू गनुपर्ने बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया