काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान नगर्ने भन्दै टिप्पणी गरेका छन् ।
त्यस्तै अध्यक्ष थापाले परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको, नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको बताएका छन् ।
सरकार माथि अर्को छिमेकी चीनको भरोसा पनि धर्मराएको, भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेको भन्दै आलोचना गरेका छन् ।
मंगलवार सामाजिक सञ्जालमा लेख्दै थापाले भनेका छन्, “समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म ’कस्मेटिक’परिवर्तनको कुनै अर्थ रहँदैन ।”
नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका वारे पुनर्विचारगर्नु जरुरी भएको समेत अध्यक्ष थापाले जोड दिएका छन् । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यता वारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गर्ने वारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ भन्ने अध्यक्ष थापाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया