आईपीएल : शीर्षस्थानको मुम्बईसँग भिड्दै हैदराबाद, खेल हारे प्लेअफमा कोलकता

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५६ औँ म्याचमा आज अंकतालिकाको शीर्ष स्थानमा रहेको मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ ।

आज साँझ पौने ८ बजे हुने खेलमा हैदराबादलाई प्लेअफका लागि जित्नै पर्ने दवाव छ । यदि खेल हारेमा कोलकता प्लेअफमा पुग्नेछ ।

मुम्बईले भने प्लेअफमा स्थान पक्का गरिसकेको छ । हैदराबादको नेट रनरेट मुम्बईपछि सबैभन्दा राम्रो छ ।

यदि हैदराबादले यो खेल हारेमा प्लेअफबाट बाहिरिने चौथो टीम बन्ने छ । चोटका कारण ४ म्याचमा बाहिर रहेका मुम्बईका कप्तान रोहित शर्मा यस म्याचमा खेल्न सक्ने बताइएको छ ।

उनी किंग्स इलेभन पञ्जावसँगको म्याचमा घाईते भएका थिए । यो भन्दा अगाडिको म्याचमा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?