कस्तो रहनेछ आगामी तीन दिनको मौसम ? हेर्नुहोस्

काठमाडौं । मंगलावार प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू-भाग र प्रदेश २ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान सार्वजनिक गर्दै त्यस्तो बताएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि चेतावनी तथा परामर्श नरहेको समेत महाशाखाले जनाएको छ ।

 

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

कार्तिक १८ गते (मंगलवार)

दिउँसो : देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागहरुका केही स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक १९ गते (बुधवार)

दिउँसो : देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू-भागहरुका १/२ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक १९ गते (बिहीवार)

दिउँसो : देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?