भारतको सहयोगमा भिमसेन आदर्श उच्च माध्यमिक विद्यालय निर्माण

काठमाडौं । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारले नवलपुर जिल्लामा विद्यालय निर्माण गरेको छ ।

No description available.

भारत सरकारको आर्थिक सहयोगमा निमार्ण भएको भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन सोमवार गरिएको हो।

No description available.

हिजो भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत विद्यालय भवनको उद्घाटन गरेका हुन् । उक्त भवन भारत सरकारको २.५८३ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।

नवलपुर जिल्लाको देवचुली–७ मा रहेको यस विद्यालयको स्थापना सन् १९६९ मा भएको हो । त्यहाँ कक्षा १२ सम्म अध्यापन गराइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?