काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५५ औँ म्याचमा सोमवार दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ६ विकेटले पराजित गरेको छ ।
जीतका साथै दिल्ली प्लेअफमा क्वालिफाई हुँदै अंकतालिकाको दोश्रो स्थानमा पुगेको छ । अब ५ नोभेम्बरमा क्वालिफायर १ मा दिल्लीले शीर्ष स्थानको मुम्बईसँग भिड्नेछ ।
त्यस्तै हार पछि पनि ब्यांग्लोरले प्लेअफमा स्थान पक्का गरेको छ ।
साथै तेश्रो नम्बरमा रहेको छ । टस हारेर ब्याटिङ गरेको ब्यांग्लोरले निर्धारित २० ओभरमा १५३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा १५४ रन बनाएर लक्ष्य पूरा गर्यो ।
अंजिक्य रहाणेले लीगमा आफ्नो २८ औँ अर्धशतक बनाउँदै हिजोको म्याचमा ६० रन बनाए । शिखर धवनले ४० औँ अर्धशतक प्रहार गरे । यो म्याचमा उनले ५४ रन बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया