दिल्लीलाई ब्यांग्लोरको मध्यम लक्ष्य, दिल्लीलाई शुरुवाती झट्का

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५५ औँ म्याचमा अहिले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल भईरहेको छ ।

दिल्लीले टस जितेर बलिङ रोजेसँगै ब्याटिङ गरेको ब्यांग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको छ । यो समाचार बनाउँदा सम्म दिल्लीले २ ओभरमा १ विकेट गुमाउँदै १९ रन बनाएको छ । दिल्लीको ओपनर पृथ्वी शा ९ रन बनाएर आउट भएका छन् । प्लेअफमा जानका लागि दुबै टीमलाई यो खेल जित्नै पर्ने दवाव छ ।

आजको खेल हारेमा हैदराबाद र मुम्बई इण्डियन्सबीचमा हुने खेलको नतिजा कुनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?